नेपाललाई निरक्षरहरुको होइन, विद्वानको देशका रूपमा चिनाउनुपर्छ: प्रधानमन्त्री

 

बैशाख ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विश्वसामु विद्वानको देश भनेर चिनाउनुपर्ने बताएका छन् । 

विद्यालय भर्ना अभियानका सन्दर्भमा बुधबार बालुवाटारमा नेकपा निकट युवा र विद्यार्थीहरुसँग अन्तरक्रियाका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

null

‘हाम्रा पुर्खाहरु विद्वान हुन् । हामी विद्वानका सन्तान हौँ । त्यसैले हामीले विद्वानहरुको देश भनेर नेपाललाई विश्वसामु चिनाउनु पर्छ । हामी साक्षर बन्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले गत वर्षदेखि सुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न विद्यार्थी र युवाहरुलाई आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘विकास र समृद्धिको महत्वपूर्ण माध्यम शिक्षा हो । हामीले समृद्धि हासिल गर्नका लागि शिक्षाको स्तर उठाउनु पर्दछ । यसका लागि तपाईंहरुको भूमिका महत्वपूर्ण हुन्छ ।’ 

यस्तै प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीलाई सृजनशील र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको पनि स्पष्ट पारे । अहिले आन्दोलनको स्वरुप फेरिएको र अब राजनीतिक संघर्ष गर्ने दिन समाप्त भएको उनको भनाइ थियो। 

विगत २०६१ सालदेखि विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकालाई अभियान कै रुपमा विद्यालयमा प्रवेश गराउने कार्यक्रमका रुपमा विद्यार्थी भर्ना अभियान प्रत्येक वर्ष बैशाखदेखि सञ्चालन हुँदै आएको छ । 

सरकारले शैक्षिक सत्र २०७६ का लागि “हाम्रो नगर हाम्रो गाउँ, सबै बाबालिकालाई विद्यालय पुर्याऔँ” भन्ने नारासहित भर्ना अभियान वैशाख २ गतेबाट सञ्चालन गरेको छ । र्विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय शिक्षाको अवसर सुनिश्चित गर्न र शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि विद्यार्थी भर्ना अभियान महत्वपूर्ण रुपमा पनि लिने गरिएको छ । 

नेपालको संविधानमा आधारभूत शिक्षा निःशुल्क तथा अनिवार्य गरी शिक्षालाई मौलिक हकका रुपमा कायम गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =