‘कलंक’ चलेन, तर आलियाले दिइन् यस्ताे राम्राे प्रतिक्रिया

 

बैशाख १०, काठमाडौं । बलिउड चलचित्र ‘कलंक’ प्रदर्शनमा आउनुअघि यसले बक्स अफिस तताउला भन्ने कलाकारदेखि निर्मातासम्मको अपेक्षा थियो । 

तर जब चलचित्र प्रदर्शनमा आयो, यसको कलेक्सनले सबै चकित भए । करण जोहरको मल्टिस्टारर चलचित्र कलंकले प्रदर्शनको पहिलो दिन २१ करोड ६० लाखको व्यापार गर्यो । 

null

दोस्रो दिनदेखि भने चलचित्रको कलेक्सन खस्कियो । फिल्म्का बारेमा खराब समिक्षाहरु आउन थाले । कतिले चलचित्र हेरेर राम्रो प्रतिक्रिया दिए भने कतिले नराम्रो भएको टिप्पणी गरे । 

यसैबीच चलचित्रकी अभिनेत्री आलिया भट्टले यसको समिक्षा नगर्ने स्पष्ट पार्दै भनिन्, ‘जनताको अदालत सबैभन्दा ठूलो अदालत हो । यदि दर्शकलाई फिल्म मन परेन भने त्यो फिल्म चल्दैन । यसलाई हामीले स्विकार गरेर अगाडि बढ्नुपर्छ । यसलाई सकारात्मक रुपमा लिँदै अर्को फिल्ममा दर्शकलाई निराश नबनाउने कोशिश गर्नुपर्छ ।’ 

फिल्मले बुधबार भारु २१.६० करोड, बिहिबार ११.४५ करोड, शुक्रबार ११.६० करोड, शनिबार ९.७५ करोड, आइतबार, ११.६३ करोड कलेक्सन गर्दै भारु ६६ करोड ३ लाख जम्मा गरेको छ । 

फिल्ममा अलियासँगै वरुण धवण्न, सोनाक्षी सिन्हा, आदित्य राय कपूर, सञ्जय दत्त, माधुरी दिक्षितको मुख्य भूमिका रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *