प्रधानमन्त्रीले किन बोलाए सातै प्रदेशका मुख्यमन्त्री ? के भयो छलफल ?

 

चैत २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीहरुबीच छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान करिब २ घण्टा प्रम ओली र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको हो । 

null

केन्द्र र प्रदेश सरकारबीच देखिएका विवाद, आगामी बजेट, नीति तथा कार्यक्रम, अन्तर प्रदेश परिषद् बैठकका निर्णय कार्यान्वयन लगायतका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

बैठकमा प्रदेश २ को प्रश्नपत्र आउटको विषयदेखि बारामा गएको आँधी प्रभावितका बारेमा पनि छलफल भएको जानकारी दिइएको छ । 

छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *