इनार खन्ने क्रममा पुरिएका राम माझीको २६ घण्टा पश्चात् शव निकालियो

काठमाडौं, २८ फाल्गुन । चन्द्रागिरी १२ दूरसचार पछाडि निर्माणाधीन घरको इनार खन्ने क्रममा माटोको डिस्को भत्किएर पुरिएका एक युवाको २६ घण्टा पछि मृत अवस्थामा शव फेला परेको छ । चन्द्रागिरी नगरपालिका १२ मा इनार खन्ने क्रममा सिन्धुली घर भइ हाल चनपा ६ डेरा गरि बस्ने राम माझीको मृत्यु भएको हो ।
आइतबार सो घटना भएता पनि उनलाई २६ घण्टा पश्चात् मृतक अवस्थामा उनको शव ३० फिट मुनिबाट निकालिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख बसन्त लामाले बताए ।
null
जिल्ला सिन्धुली घर भई चन्द्रागिरी ६ बस्ने वर्ष ३५ को राम माझी इनारको रिङ्ग हाल्ने क्रममा सो घटना भएको महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार विक्रम थापाले बताए ।
माटो निकै कमजोर रहेकाले इनारमा रिङ्ग हाल्ने क्रममा मिती २०७५/११/२६ गते माटो भासिएर करिब ४स्१५ बजे तिर घटना घटेको थियो तर २६ घण्टा लगातार नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगले शव निकालिएको जानकारी प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक शंकर खड्काले दिए ।
महानगरीय प्रहरी वृत थानकोटका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले मृतकको शव प्रारम्भिक अनुसन्धान र पोस्ट्मार्टमको लागि त्रि वि शिक्षण अस्पताल पठाइएको जानकारी दिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख बसन्त लामाले भने, इनार खन्ने क्रममा पुरिएको लामो समय सम्म उदार प्रयास जारी रहयो, जमीनको भौगोलिक कठिनाईको बाबजुट उदार कार्यमा निकै कठिनाई उत्पन्न भएता पनि सानो गल्तीले गर्दा ज्यानै गुमाउनु यो ज्यादै दुख दायी कुरा हो, इनारमा काम गर्ने मजदुरहरूलाई तालिम र ज्ञानको अभाव देखिएको छ । सानो कमजोरी र गल्तीबाट पाठ सिक्नु जरूरी छ ।
घटना स्थलमामा आफै पुगेका काठमाडौं प्रहरी प्रमुख लामाले यस्ता घटना बेलाबखत घट्ने गरेको हुँदा यथासिघ्र विशेषज्ञ टोलिद्वारा आवश्यक तालिम एवम् सुरक्षित औजार र उपकरणको प्रयोग गराउन सम्बन्धि निकायले ध्यान दिनुपर्ने र स्वम मजदुर र घरधनिहरु पनि यस विषयमा बेलैमा सोचेर सुरक्षित हुनुपर्छ भन्दै खबरदारी एवम् सचेतना जगाउँनु आवश्यक रहेको बताए ।
नेपाली सेना बृजिङ्ग महाशाखाका प्रमुख सेनानी पवन थापाले घटना भए पश्चात् उद्धार कार्यमा लागेको र विभिन्न कठिनाई र हिलो माटो आई माटो भत्कने समस्या आएकोले उद्धार गर्ने टोलीलाई समेत जोगाउनु पर्ने वाध्यताले उद्धार कार्यमा समस्या उत्पन्न भएको बताए ।
घटनापश्चात स्थानीयले प्रहरीलाई खबर गरे पश्चात् महानगरीय प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्बु, नेपाल प्रहरीको विपत व्यवस्थापन शाखाको टोली, सशस्त्र प्रहरी बल निलबाराही, नेपाली सेनाको जगदल, बृजिङ्ग महाशाखा थानकोटका टोलीले उनको उद्धार गरेको थियो ।








