कोशी प्रदेशद्वारा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोप प्रदान

मोरङ । के तपाइँका घरमा भर्खरै जन्मेका शिशु र गर्भवती महिला छन् ? छन् भने उनीहरू दुवैलाई १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोप लगाउन भुल्नुहोला !

स्थानीय सरकारले तोकेका निश्चित स्थानबाट टिबी (क्षयरोग), भ्यागुते, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, होमोफिलस इन्फ्लुएन्जा टाइप ‘बी’, पोलियो, दादुरा, रुबेला, जापानी इन्सेफ्लाइटिस, निमोनिया, रोटा भाइरस, टाइफाइड र पाठेघरको मुखको क्यान्सरविरुद्धका खोप निः शुल्क उपलब्ध गराउँदै आएको छ ।

लक्षित उमेर समूहका सम्पूर्ण बालबालिकाले राष्ट्रिय तालिकाअनुसार पाउनुपर्ने उक्त खोपहरू पाए नपाएको यकिन गर्ने काम स्थानीय सरकारको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेका छन् ।

उनले स्थानीय क्षेत्रमा छुट भएका १५ महिना उमेर समूहका १४ जिल्लामा पर्ने स्थानीय निकायका तीन हजार ७१२ जनालाई पूर्ण खोप प्रदान गरी कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =