कुन क्षेत्रको आज कस्तो होला मौसम ?

काठमाडौँ, २८ फागुन । पश्चिमका अधिकांश क्षेत्र तथा मध्य र पूर्वको पहाडी क्षेत्रको मौसम मंगलबार बलदी हुने जल तथा मौसमपूर्वानुमा महाशाखाले जनाएको छ । पश्चिमका क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । 

यस्तै मध्य तथा पूर्वका पहाडी भेगमा आंशिक बदली रहने छ । तराईसहित बाँकी क्षेत्रको मौसम भने सफा हुने मौसमविदले बताएका छन् । बेलुकातिर पश्चिमका केही ठाउँ र मध्य तथा पूर्वको पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ । 

 

null

काठमाडौँ उपत्यकासहितका क्षेत्रमा पनि दिनभर मौसम सफा रहने सम्भावना छ, तर बेलुकातिर आंशिक बदलीको सम्भावना रहेको मौसमविदले बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *