बिहान लामो श्वास लिनुका यस्ता छन् फाइदाहरु

एजेन्सी । श्वासप्रश्वास एउटा नियमित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नु पनि पर्दैन । श्वासप्रश्वास मानव शरिरको अनियन्त्रित र स्वचालित प्रक्रिया हो । तर राम्रोसँग समय मिलाएर श्वास लिएमा यसले स्वस्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहान ५ मिनेट जति लामो श्वास लिने र छाड्ने गर्दा निम्न फाइदाहरु पुग्छन् । 

 

मस्तिष्क शान्त बनाउँछ : अत्याधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरीरलाई आनन्द र प्रफुल्ल बनाउँछ । 

null

तनाबमुक्त बनाउँछ : गहिरो श्वासले शरिरमा अक्सिजनको प्रवाह बढाउँछ र तनाब, चिन्ता र त्रास घटाउँछ । 

शरिरको बिष फालिदिन्छ : श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निस्कासन गरिदिन्छ । 

अन्य अंगलाई पनि सहयोग : गहिरो श्वासप्रश्वासको व्यायामले मुटु, पेट,लिभर, साना आन्द्रालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रवाह हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *