कतारसँग श्रम सम्झौताबारे छलफल गर्न ५ सदस्यीय टोली दोहा जाँदै

फागुन २७, काठमाडौँ। कतारसँग श्रम सम्झौता पुनरावलोकन हुने भएको छ। कतारसँग १४ वर्ष पहिले भएको सम्झौता पुनरावलोकन गर्न लागिएको हो।
यस विषयमा दुवै देश तयार भएपछि छलफल गर्न ५ सदस्यीय नेपाली टोली आज साँझ दोहा प्रस्थान गर्दैछ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा ५ सदस्यीय टोलि कतार जान लागेको हो । बुधबार र बिहीबार श्रम सम्झौताका विषयमा दोहामा छलफल हुनेछ।
null
कतारसँग सन् २००५ मा श्रम सम्झौतामा हस्ताक्षर भएको थियो। पहिले भएको श्रम सम्झौताका विषयहरुलाई संक्षिप्त रुपमा समावेश गरिएका थियाे । अब भने सम्झौतामा विस्तृत रुपमा उल्लेख गरिने र श्रमिक हक हितका थप विषय पनि सम्झौतामै समेटिने मन्त्रालयले जनाएको छ। सम्झौता पुनरावलोकनमा श्रमिकको न्यूनतम तलब बढाउनुपर्ने नेपालको माग छ । हाल ७५० कतारी रियाल र खानावापत दुई सय रियाल गरी ९ सय ५० रियाल (२९ हजार १ सय ५०) न्युनतम तलब तोकिएको छ।
सहमती जुटेमा नेपाल र कतारबीच छिट्टै श्रम सम्झौता हुनेछ।








