आफ्नो इन्टरनेट बैंकिग यसरी सुरक्षित गनुहोस्

 

पुष २ । आजभोली दिनानु इन्टरनेट तथा मोबाइल बैंकिंग सुविधा प्रयोग गर्नेको संख्या बढी रहेको छ । चाहे त्यो सपिङ्गको बिल तिर्नु होस् या फेरी टेलिफोनको बिल भुक्तानी गर्नु परोस हामी इन्टरनेटबाट नै भुक्तानी गछौँ यी यस्ता धेरै कुराहरु हामी घरमा नै बसी बसी आरामसाथ गर्न सक्छौँ यसो गर्दा फजुल खर्चको पनि बचत हुन्छ र समयको पनि नष्ट हुँदैन । तर यी सुबिधा सँग सँगै समस्यापनि थपिएको छ । 

इन्टरनेट वा नेट बैंकिंगको प्रयोग गर्दा अधिकांश मानिसहरुले हेलचेक्राईँ गर्ने हुँदा बेला–बेलामा समस्या भोगिरहेका हुन्छौँ जसले गर्दा प्रयोगकर्ताहरुको आफ्नो गोप्य जानकारी अरुले चोर्ने वा हात पार्ने संभावना रहन्छ । यदि तपाईँ पनि नेट बैंकिंग प्रयोग गर्नुहुन्छ भने सबैभन्दा पहिले आफ्नो अनलाइनको पासवर्ड नियमितरुपमा परिवर्तन गरिरहनुहोस् । इन्टरनेट बैंकिंगमा सुरक्षित कारोबार गर्ने केहि टिप्सहरु तल दिएका छन् । । 

null

 – बैंकले कहिले तपाईँको एटीएम पिन, जन्ममिति जस्ता गोप्य र निजी जानकारीको बारेमा फोन वा अन्य ईमेलको माध्यमबाट कहिले पनि जानकारी माग गर्दैन् । यस बारेमा बैंकहरुले एसएमएस मार्फत निरन्तर अलर्ट पठाईरहेका हुन्छन् । त्यसकारण यदि तपाईँलाई बैंकको माध्यमबाट यस्तो कुनै फोन वा ईमेल प्राप्त भएमा कहिलेपनि आफ्नो व्यक्तिगत जानकारी नदिनुहोस् । 

– नेट बैंकिंग प्रयोग गर्दा सार्वजनिक कम्प्यूटर जस्तै  इन्टरनेट क्याफेर साइबर क्याफेमा प्रयोग नगर्नुस् । यदि गर्नै पर्ने भएमा कम्प्यूटरबाट क्याचे र ब्राउजिंग हिस्ट्री वा टेम्पोररी फाइललाई डिलीट गर्न नभुल्नुस् । यसका साथै लगइनको समयमा कुनैपनि ब्राउजरमा रिमेम्बर आईडी पासवर्डमा क्लिक नगर्नुस् । कुनैपनि साइटमा पासवर्ड केबल अनस्क्रीन कीबोर्डबाट मात्रै राख्नुहोस् यसले गर्दा पासवर्ड चोरी हुने संभावना कम हुन्छ । 

– आफ्नो लगइन आइडी र पासवर्डको प्रयोग बैंकको आधिकारिक लगइन पेजमा मात्र गर्नुहोस् । यो एउटा सुरक्षित वेबसाइट हुनुपर्दछ । नेट बैंकिंगसँग जोडिएका वेबसाइटहरुको यूआरएलको शुरुवातमा सँगै एचटिटिपीएस (https://)  लेखिएको हुन्छ । जसले सो वेबसाइट सुरक्षित भएको संकेत विश्वभर दिने गर्दछ । 

– जुन कम्प्यूटरबाट इन्टरनेट बैंकिंग गर्नुहुन्छ । त्यसमा सँधै लाइसेन्स भएको एन्टी भाइरस सफ्टवेयरको प्रयोग गर्नुहोस् । यस्तो नहुँदा भाइरसले तपाईँको कम्प्यूटरको सिस्टममा भएको महत्वपूर्ण जानकारीहरु वा वेबडाटा चोर्न सक्दछ । 

– इन्टरनेट बैंकिंगको सुरक्षित प्रयोगका लागि ब्राउजर एड्रेसमा गएर बैंकको यूआरएल टाइन गर्ने बानी बसाल्नुस् । कहिलेपनि इमेलमा पठाएको लिंकमा क्लिक गरेर नेट बैंकिंग कारोबार नगर्नुस् । यदि तपाईँले कुनै नक्कली वेबसाइटमा गएर लगइन गरेर जानकारी दिनुभयो भने फ्रण्ड गर्ने वा ह्याकरले तपाईँको बैंक एकाउन्टबाट रकम चोर्ने संभावना हुन्छ । 

७ नियमितरुपमा नेट बैंकिंग र अनलाइन किनमेल गर्ने गर्नुभएको छ भने तपाईँले पासवर्ड परिवर्तन गरिरहनुका साथै कुनै संकास्पद गतिबिधि भएको अनुमान भएमा तत्काल बैंकसँग सम्पर्क गरेर आफ्नो जानकारीहरु वा क्रेडिटरडेबिट कार्डहरुको भुक्तानी रोक्न सक्नुहुन्छ । 

– धेरै जसो मानिसहरुले किनमेल गर्दा पटक पटक कार्ड नम्बर हाल्ने समस्याबाट बच्नको लागि आफ्नो डेबिट वा क्रेडिट कार्ड नम्बर, एक्सपायरी डेटा र सिभीभी CVV  डेटा जस्ता जानकारीहरु ईकमर्श वेबसाइटमा सेभ गर्ने गर्दछन् । तर यस्तो गर्नु गलत हो । यदि सो वेबसाइट ह्याक भयो वा सो बाट तपाईँको डेटा चोरी भयो भने समस्या हुन्छ । जसले गर्दा तपाईँको डेटाबाट अनधिकृत किनमेल गर्न वा रकम चोर्न सक्दछन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *