अदालत भित्रै यौन शोषण भएको भिडियो सार्वजनिक

साउन १८, काठमाडाै । न्याय दिने अदालत भित्रै अस्थायी, करार र अविवाहित महिला कर्मचारीमाथि डरलाग्दो यौन शोषण हुने गरेको खुलेको छ । एउटा करारमा रहेको कर्मचारीको निम्ती काठमाडौको बसोबास अत्यन्त महगो हुने कुरा जो कोहीले सहजै बुझ्न सक्छन् । यही विवसताको फाइदा उठाउदै हाकिमहरुले तल्लोस्तरका महिला कर्मचारीहरु माथि यौन शोषण गर्ने गरेको खुलेको छ । योकुरा त्यसबेला बाहिर अायो जब उनीहरुको कार्यालयमा जडान गरिएको सिसिटिभीलाई समेत हेक्का नराखी यौन लिलालाई पूर्णता दिए ।

जून बेला प्रधानन्यायाधीस सुशीला कार्कीले यो हाम्रो क्षेत्रको कुरा हो, हामी नै कारवाही गर्छौ भन्दै अभियुक्तलाई अख्तियारको पन्जाबाट छुटाएकी थिइन् । तर, अहिले भगवान नाम गरेको सुब्बाले त्यही करारमा कार्यरत युवतीसँग उजुरी दर्ता गर्ने कोठामा राति सवा सात बजे यौन सम्बन्ध राखेको भिडीयो सार्वजनिक भएको छ ।

अदालत प्रति आम जनताले न्यायको आशा राखिरहेका हुन्छन् तर अदालतमा हुने यस्ता घटना न्यायमूर्तिहरुले लुकाउनु एक किसीमको अपराध नै हो भनेर भन्न सकिन्छ ।

स्राेत : जनअास्था

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *