डडेल्धुरामा सञ्चालित प्राविधिक तालिम सेन्टर अधिकार क्षेत्रभन्दा बाहिर

डडेल्धुरा, साउन १८ । डडेल्धुरा जिल्लामा सञ्चालित प्राविधिक तालिम सेन्टर अधिकार क्षेत्रभन्दा बाहिर गएको पाईएको छ । सिटिईभिटिबाट तीन महिनाका लागी मात्र अनुमति पाएका तालीम सेन्टरहरुले १८ महिनासम्म अवैधानिक रुपमा विद्यार्थी पढाईरहेकाले ती तालीम सेन्टरहरु सिटिईभिटिको अधिकार क्षेत्रभन्दा बाहिर गएको पाईएको हो ।

तालीम सेन्टरहरुले सिटिईभिटीबाट सम्बन्धन प्राप्त शैक्षीक सस्था भएको भन्दै बिगतदेखि १८ महिने डिप्लोमा कोर्ष पढाउदै आएका छन् । तर ती तालीम सेन्टरहरुले सिटिईभिटीद्धारा तीन महिनाका लागि मात्रै अनुमति लिएको भेट्टिएको हो । यसरी हेर्दा डिप्लोमा कोर्ष भन्दै तालीम सेन्टरहरुले बिधार्थीको जिवनमाथी खेलवाड गरेको पाईएको छ । यस विषयमा हिजो जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराईएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *