प्रधानमन्त्री देउवा नारायणगढ–मुग्लिन सडकको निरीक्षण गर्न जाँदै

काठमाडौं, साउन १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नारायणगढ–मुग्लिन सडकको निरीक्षण गर्दै हुनुहुन्छ । बिहान ९ बजे अवलोकनका लागि त्यसतर्फ जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर र सम्बन्धित अन्य अधिकारी पनि जानेछन् । प्रधानमन्त्रीले दसैँ, तिहार, छठलगायत चाडपर्वअघि नै सडक सुचारु गर्न निर्देशन दिने तयारी गर्नुभएको हो ।

अहिले राति ११ घन्टासम्म नारायणघाट–मुग्लिङ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ । चाडपर्वसम्ममा पनि सडक सुचारु नभए यस वर्ष अघिल्ला वर्षको तुलनामा आवतजावत गर्न गाह्रो हुने सडक विभागका अधिकारीहरूको भनाइ छ । भौतिक पूर्वाधार तथा यातायातसचिव देवेन्द्र कार्की मुग्लिन–नारायणगढ सडक निर्माण क्षेत्रमा पुगिसकेका छन् । मुग्लिन–नारायणगढ सडकखण्डमा २५ असारदेखि रातको समयमा अनिश्चितकालीन बन्द गर्ने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *