प्रतिभा माली साहस ‘स्पोर्टस वेयर’ प्रालिको ‘ब्राण्ड एम्बेस्डर’ बनिन्

काठमाडौं, साउन १७ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी खेलाडी प्रतिभा माली साहस ‘स्पोर्टस वेयर’ प्रालिको ‘ब्राण्ड एम्बेस्डर’ बनेकी छन् ।

जर्सी, ट्रयाक सुट, टि–सर्ट लगायतका खेल पोशाक उत्पादन गर्ने साहस स्पोर्टस प्रालिले राजधानीमा आयोजित एक कार्यक्रममा स्थापनाको घोषणा गर्दै भलिबल खेलाडी प्रतिभा मालीलाइ ब्राण्ड एम्बेस्डर घोषित गरेको हो ।

सो वापत मालीलाई साहस स्पोर्टसले बार्षिक १ लाख २० हजार रुपैयाँ तथा ५० हजार रुपैयाँ बराबरको पोशाक प्रायोजन गर्नेछ ।

यस्तै, साहस स्पोर्टसले भलिबलको चर्चित घरेलु क्लब ‘न्यु डायमण्ड एकेडेमी’लाई पनि १ लाख ७५ हजार बराबरको खेलकुद पोशाक प्रायोजन गरेको छ । कार्यक्रममा बोल्दै साहस स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपानेले भविष्यमा अन्य खेल र खेलाडीलाई पनि प्रायोजन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *