टेलिकमको सहुलियत भिडियो कल उपभोगकर्ता ७ हजार नाघ्यो

काठमाडौं, साउन १७ ।  नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा उपलब्ध गराएको भिडियो कल सेवा एक वर्षको अवधिमा ७ हजार ८४ जनाले उपभोग गरेका छन् । कम्पनीले गत बर्षको असार ३१ देखि सहुलियत दरमा उक्त सेवा उपलब्ध गराएको जनाएको छ छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सो सेवा ‘भिडियो कल’ तथा ‘एसएमएस’ को माध्यमबाट उपलब्ध गराएको थियो ।

टेलिकमको मोबाइल नम्बर (सिम) मा कम्पनीले नेटवर्क भित्रको लागि मात्र उपलब्ध गराइएको यो सेवाको महसुल प्रतिमिनेट ५० पैसा (करबाहेक) तोकेको कम्पनीको प्रवत्ता प्रतिभा वैद्यले जनाएकी छिन् ।

बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि २०७० माघदेखि प्रति ‘एसएमएस’ २० पैसा (करबाहेक) का दरले तय गरि ‘एसएमएस’ सेवा समेत प्रदान गरेको जानकारी गराइएको छ ।

सेवा लिनका लागि शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषदबाट जारी भएको परिचय पत्र (रातो कार्ड) पेश गर्नुपर्ने हुन्छ । परिचय पत्रसहित एकप्रति फोटो र नागरिकताको प्रतिलिपि समेत पेश गर्नुपर्ने जनाएको छ  ।

सेवाका लागि आफूलाई पायक पर्ने टेलिकमको काउन्टरमा सम्पर्क राख्न सकिने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *