खोलाले पानीको मुहान बगाए पछि कैलाशपुरीमा खानेपानीका समस्यामा

सर्लाही, साउन १७ । खोलाले पानीको मुहान बगाएपछि सर्लाहीको हरिवन नगरपालिकाको कैलाशपुरीमा खानेपानीको समस्या भएको छ । आईतवार भीषण वर्षापछि आएको खोलाले नजिकै रहेको कुवा बगाएपछि यहाँका २१ घर परिवार खानेपानीबाट बञ्चित भएका हुन् ।

२०६२ सालमा चुरे जलाधार परियोजनाले बनाई दिएको धारोमा पानी आउन छोडेपछि यहाँका स्थानीय खोलामा कुवा खनेर पानी जम्मा गरेर पिउन बाध्य थिए, त्यो पनि बाढीले बगाएपछि स्थानीय घण्टौं हिडेर छिमेकी गाउँतिर जान बाध्य भएका स्थानीय टेकवहादुर आलेले बताउनुभयो ।

यसैबीच कैलाशपुरीका २१ घर परिवार बाढीको जोखिममा परेका छन् । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय खोलाको धार परिवर्तन गर्न र वस्ती बचाउन भन्दै राखेको तारजालीको कारण खोला थुनिएपछि वस्ती भएतिर मोडिएको थियो । कैलाशपुरीमा बस्ती बचाउनका लागि नगरपालिका र राजनितीक दलले चासो नदिएको स्थानीयबासीको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *