नवलपरासीमा भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

२०७४ जेठ १५ गते

“
मनोज अर्याल, साउन १६, नवलपरासी । नवलपरासीमा सोमबार भएका दुई छुट्टाछुट्टै घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।
साँझ सरावल गाउँपालिका–७ स्थित भुजहवामा सिसौको रुखबाट खसेर सरावल–७ भुजहवका चाँद हुसैनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै पाल्हीनन्दन गाउँपालिकामा बिजुलीको खम्बामा चढेर अम्बा टिप्न खोज्दा त्यहाँ बाँधिएको बिजुलीको नांगो तार छुँदा १२ वर्षीया आरती हरिजनको मृत्यु भएको भएको इलाका प्रहरी कार्यालय अमानीगन्जले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित