असोज १५ गते बृहत मोटरसाइकल रर्याली हुँने

धरान, असोज, १० । धरान । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश नं १ लाई लिम्बुवान किरात खम्बुवान प्रदेश कायम गरिनुपर्छ भन्दै असोज १५ गते वृहत मोटरसाइकल रर्याली गर्ने भएको छ । मञ्चले आउँदो १५ गते इटहरी देखि प्रदेशको अस्थायी मुकाम विराटनगरसम्म बृहत मोटरसाइकल र्यालीको आयोजना गर्ने भएको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुनसरी अध्यक्ष अमर इजमका अनुसार प्रदेश नं १ को नामांकन लिम्बुवान किरात खम्बुवान हुनुपर्छ भन्दै यस भन्दा अगाडि विराटनगरसम्म मार्च पास, प्रदेश सांसद घेराउसँगै विविध कार्यक्रम गर्दापनि कुनै रिजल्ट नआएकोले अब दबादमुलक कार्यक्रम गर्ने तरखरमा मोटर साइकल र्याली गर्न लागिएको हो ।

उक्त दिन पाँच सय मोटर साइकलको रर्याली इटहरीदेखि विराटनगर संसद भवनसम्म पुगेर कोणसभा हुनेछ । कोणसभालाई केन्द्रीय अध्यक्ष कुमार लिंङदेन लगायतले केन्द्रिय, जिल्ला तहका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पछिल्लो समय १ नं. प्रदेशको नामाकरणको विषय पेचिलो बन्दै गएकोमा मञ्चले लिम्बुवान किरात खम्वुवान हुनुपर्ने भन्दै दवावमुलक कार्यक्रम गर्दै आइरहेको छ । नामाकरणकै विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं।१ लाई कोशी वा सगरमाथा नामाकरण गर्न औपचारिक रुपमा निर्देशनात्मक आदेश समेत दिएको बुझिएको छ । तर, कोशी वा शगरमाथामा मञ्च लगायत लिम्बुवान खम्बुवान पक्षधरले विरोध गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + three =