निजगढ नगरपालिका १३ भक्तलालमा पशुमा अज्ञात रोगको महामारी

बारा, साउन ७ । निजगढ नगरपालिका वडा नम्बर १३ भक्तलालमा अज्ञात रोगका कारण दर्जनौं भैंसी मर्न थालेको छ । एक महिना यता राँगा, भैंसीलाई सुरुमा ज्वरो आउने, फिँज काड्ने, घाँस नखानेजस्ता समस्या देखिने र मर्ने गरेको किसानहरुले बताएका छन् ।

चर्काे ऋण गरेर आय आर्जनको लागि पाल्दै आएको भैंसी एकाएक मर्न थालेपछि किसानहरु चिन्तित भएका छन् । स्थानीय निजि भेटेनरीहरुले समेत रोगको पहिचान गर्न नसकेपछि किसानहरु चिन्तित भएका छन् । उता पशुसेवा कार्यालय निजगढले भने महामारीको रुपमा रोग फैलिएको बारेमा आफूहरुलाई कुनै जानकारी नभएको बताएको छ । चाँडै नै रोग प्रभावित क्षेत्रमा पुग्ने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *