करार कर्मचारीहरुको मागः सरकारले न्यूनतम पारिश्रमिक तोक्नुपर्यो

धरान, असार १५ । सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले सुनसरी जिल्ला हुलाक कार्यालय धरानको निर्माणाधीन भवनको निरिक्षण गरेका छन् ।

मन्त्री बासकोटाले आज (शुक्रबार) सुनसरीको धरान उपमहानगरपालिका छाता चौकस्थित रहेको निर्माणाधिन भवनको अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा मन्त्री बास्कोटाले अबको हुलाक सेवा जापानको जस्तो छिटो छरितो हुनैपर्ने बताएका छन् ।

उनले सोही मातहतका कर्मचारीहरुलाई निति नियममा बसी जनाताको काम तुस्त दुरुस्त रुपमा गर्न निर्देशन समेत दिएका थिए ।

यसैबीच हुलाक कार्यालय सुनसरीमा कार्यरत करारका कर्मचारीहरुले आफ्ना सेवा सुविधा तथा समस्या हल गर्नका निम्ती ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्र बुझ्दै मन्त्री बास्कोटाले करारका कर्मचारीबाटै राष्ट्रमा धेरै सम्भावनाहरु रहेकाले करार समस्यालाई व्यवस्थित गर्दै जाने बताए ।

जिल्ला हुलाक कार्यालय धरानमा बुझाइएको ज्ञापन पत्रमा श्रेणी विहिन पदका लागि लोक सेवा खुलाउनु पर्ने, नभए आन्तरिक प्रतिष्पर्धाबाट स्थायी गर्नुपर्ने, अन्य कर्मचारीहरु सरह बिदाको ब्यवस्था मिलाउनुपर्ने, न्युनतम पारिश्रमिक तोक्नुपर्ने, लगायतका ६ बुँदे माग उल्लेख रहेको छ ।

ज्ञापन पत्र करार कर्मचारीको तर्फबाट भरतराज शर्माले मन्त्री बास्कोटालाई बुझाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *