कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित, कोटा भन्दा बढी परिक्षार्थी उत्तीर्ण
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असार १५ । कोरियन भाषा परिक्षाको नतिजा सार्वजनिक भएको छ । इपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परिक्षाको नतिजा सार्वजनिक भएको हो ।
यो वर्ष कल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएको इपीएस शाखाले जनाएको छ । सन् २०१९ को लागि लिइएको परिक्षाममा कोरियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका छन्।
सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








