विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने यि हुन् १६ राष्ट्र

काठमाडौं, असार १५ । रुसी विश्वकप फुटबलको नकआउट चरण पुग्ने टोलीको टुङ्गो लागेको छ । समुह एच अन्तर्गतको खेलको समाप्तिसंगै विश्वकपको अन्तिम १६ मा पुग्ने टोलीको टुङ्गो लागेको हो । समुह एबाट उरुगवे र रुस विश्वकपको प्रि क्वार्टरफाईनलमा पुगेका छन् ।

त्यस्तै समुह बीबाट स्पेन र पोर्चुगल, समुह सीबाट फ्रान्स र डेनमार्क, समुह डीबाट क्रोयसिया र अर्जेन्टिन, समुह ईबाट ब्राजिल र स्विटजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् ।

त्यस्तै, समुह एफबाट स्विडेन र मेक्सिको, समुह जीबाट इङ्ल्याण्ड र बेल्जियम र समुह एचबाट कोलम्बिया र जापानले नकआउट चरणमा स्थान बनाएका छन् । पर्सी शनिबारबाट नकआउट चरणका खेल सुरु हृुनेछ ।

पहिलो खेलमा फ्रान्स र अर्जेन्टिना तथा उरुग्वे र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =