चित्रकार शर्मा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०७४’ बाट सम्मानित

काठमाडौँ, असार १४ । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०७४’ बाट कलाकार हरिप्रसाद शर्मा विहिबार सम्मानित भएका छन् ।

जननेता मदन भण्डारीको ६७औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले विहिबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकार शर्मालाई सम्मान गरे । पुरस्कारको राशि रु एक लाख र साथमा सम्मानपत्र छ ।

फाउण्डेशनले प्रदान गरेको उक्त पुरस्कार चित्रकार शर्मालाई नेपाली कलामा प्राचीन इतिहास, जनजीवन, धर्म र संस्कृति उजागर गरेवापत प्रदान गरिएको हो ।

लिच्छविकालदेखि काठमाडौँ उपत्यकाका सामाजिक, प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व झल्कने विषय चित्रकलाका माध्यमबाट प्रकाशन गरी शर्माले उल्लेखनीय योगदान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *