जन्मदिनमा असहायसँग खुसी साट्दै क्याम्ब्रिजका संस्थापक

बिर्तामोड, असार १४ । क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापक शिशिर सिम्खडाले असहाय बालबालिकाका साथमा आफ्नो ३५ औँ जन्मोत्सव मनाएका छन् ।

असहाय बालबालिकालाई पाठ्य सामग्री वितरण तथा मिष्ठान्न भोजन गराई उनले जन्म दिनको खुसी साटेका हुन् ।

जन्म दिन मनाउने बहानामा अनावश्यक खर्च गर्नुभन्दा असहायलाई सहयोग गर्दाको आनन्द छुट्टै हुने उनको अनुभव छ ।

‘सहयोग गर्दाको खुसी अमूल्य हुन्छ र जीवनमा यसले ठूलो महत्व राख्दछ’, उनी भन्छन्, ‘त्यसैले हरेक जन्मदिन असहायलाई सहयोग गरेर मनाउन चाहन्छु, यसले मलाई थप उर्जा दिने गर्छ ।’

उनले बुधबार काठमाडौँको गोंगबुस्थित असहाय बालबालिका आमा केन्द्रका ५० जना बालबालिकालाई पाठ्यसामग्री, खाद्यान्न, फलफूल प्रदान गरेका छन् । हरेक युवाले जन्म दिनलाई परोपकारी कर्ममा लगाए धेरै असहायले आफ्नोपन महसुस गर्न पाउने सिम्खडाको बुझाइ छ ।

क्याम्ब्रिज शैक्षिक परामर्श गर्ने संस्था भएकाले पनि पठनपाठन सहज बनोस् भनी पाठ्यसामग्री वितरण गरेको उनले बताए । क्याम्ब्रिजले विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *