तपाईँलाई थाहा छ ? हातमा यस्तो रेखा हुनेलाई शत्रुले पनि केही गर्न सक्दैनन्

हस्तशास्त्रमा हातको रेखाको विशेष महत्व हुन्छ। व्यक्तिको भाग्य यिनै रेखासँग जोडिएको हुन्छ। तपाइँको बैंक ब्यालेन्सदेखि लिएर सफलताको राज हातको यिनै रेखामा लुकेको हुन्छ। आज हामी तपाइँलाई हातमा बनेको यस्तो रेखाका विषयमा जानकारी दिन गइरहेका छौं जसको हातमा यो रेखा छ, उसको भाग्य चम्किन्छ।

त्यसो त व्यक्तिको हातमा कयौं प्रकारका रेखा हुन्छन्। तर हातमा बनेको ‘भी’ आकारको चिन्ह निकै राम्रो मानिन्छ। हस्तशास्त्र विद्वानका अनुसार यस्तो रेखा हुने व्यक्तिमाथि भगवान विष्णुको विशेष कृपा हुन्छ।

यो रेखा हृदय रेखाको माथि चोर औंला माझी औंलाको बीचमा हुन्छ। यो रखाको एउटा सिरा चोरी औंलामा गुरु पर्वतको अगाडि तथा दोस्रो रिसा गुरु पर्वतको तल हुन्छ। दुवै रेखा मिलेर ‘भी’ आकार बनेको हुन्छ। जसलाई भगवान विष्णुको चिन्ह पनि भनिन्छ।

यस्तो चिन्ह भएका व्यक्ति जीवनको हरेक क्षेत्रमा सफलता प्राप्त गर्छन्। यस्तो रेखा भएका व्यक्तिले जीवनमा धेरै मेहनत गर्नुपर्दैन। उनीहरुलाई थोरै परिश्रमले पनि धेरै फल प्राप्त हुन्छ। यस्ता व्यक्ति जुन क्षेत्रमा हात हाल्छन् त्यहाँ सफलता प्राप्त गर्छन्।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =