धादिङ केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प, थप विवरण आउन बाँकी

 धादिङ, असार १४ ।  धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । धादिङ केन्द्रविन्दु भएर विहान  ९ बजेर ५२ मिनेट ४७ सेकेण्डमा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार धादिङ सुनौलोबजारदेखि ४ दशमलव ५ किलोमिटरको दूरीमा भूकम्प गएको हो ।

यो २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको परकम्प हुन सक्ने अनुमान गरिएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्ला र पोखरामा पनि महशुस गरिएको छ ।

भूकम्पको थप विवरण आउन बाँकी छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *