संसद बैठक: बजेटका बारेमा उठेका प्रश्नको जवाफ दिने क्रम आज सकिने

काठमाडौं, असार १४ ।  आगामी आर्थिक बर्षका लागि केन्द्रीय सरकारले घोषणा गरेको बजेटका बारेमा उठेका प्रश्नको जवाफ दिने क्रम आज सकिने भएको छ ।  बजेट माथी प्रतिनिधि सभाका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रम आज सकिने भएको हो ।

आज अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बारेमा उठेन प्रश्नको सम्वन्धीत मन्त्रीहरुले जवाफ दिनुहुने भएको छ ।

मन्त्रीहरुले जवाफ दिनका लागि संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक बिहान ११ः०० बजेपछि बस्ने गरी वोलाइएको छ ।
अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेटमाथि सांसदहरुले धारणा राख्ने र आफ्नो मन्त्रालयका विषयमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने प्रावधान अनुसार मन्त्रीहरुले जवाफ दिन लाग्न भएको हो ।  जवाफ दिनेक्रम सकिएपछि बजेट पारितको प्रक्रिया पनि सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 10 =