विश्वकप फुटबलमा आजबाट समुह चरणका खेलहरु सकिदै, कुन खेल कुन समयमा

काठमाडौं, असार १४ । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत आज (बिहिबार)बाट समुह चरणका खेलहरु सकिदै छ । समुह चरणको अन्तिम खेलमा आज ‘एज’ र ‘जी’का खेलहरु परेका छन् ।

समुह ‘एज’मा जापान र पोल्याण्ड तथा सेनेगल र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । यस समुहमा पोल्याण्डको नकआउट चरणको सम्भावना सकिएको छ ।

पोल्याण्डसंग भिड्न लागेको जापानलाई नकआउट चरण पुग्न बराबरीनै पर्याप्त हुनेछ । समुहको विजेता बन्न भने जापानले पोल्याण्डलाई पराजित गर्दै महत्वपुर्ण तीन अंक जोड्न आवश्यक छ ।

अर्को खेलमा सेनेगल र कोलम्बिया भिड्दै गर्दा दुवैको आखाँ नकआउट चरणमा हुनेछ । अन्तिम १६ मा पुग्न कोलम्बियालाई जित्नैपर्ने दबाब छ । सेनेगललाई बराबरीले समेत प्रि क्वार्टरफाईनल पु¥याउन सक्छ ।

समुहको शीर्ष स्थानमा रहेका जापानको ४ अंक छ । समान अंक भएपनि गोल अन्तरका आधारमा सेनेगल दोस्रो स्थानमा छ । कोलम्बिया ३ अंक सहित तेस्रो स्थानमा रहदाँ अंक विहिन पोल्याण्ड घर फर्किने समिकरण तय भएको छ ।

यस्तै, समुह जी अन्तर्गत हुने खेलमा पानामा र ट्युनेशिया तथा इङ्ल्याण्ड र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ । समुह चरणको अन्तिम खेलमा भिड्न लागेका बेल्जियम र इङ्ल्याण्डको लक्ष्य समुहको विजेता बन्नु हुनेछ ।

दुवै टोली एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । ट्युनेसिया र पानामा अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद नतिजा आत्मसाथ गर्ने दाउमा छन् ।
समुहमा शीर्ष स्थानको इङ्ल्याण्डको ६ अंंक छ । समान अंक भएपनि बेल्जियमको गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । ट्युनेसिया र पानामा अंक विहिन हुदै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *