स्विडेन समुह विजेता हुँदा मेक्सिकाे उपविजेता हुँदै दाेस्राे चरणमा

असार, १३, काठमाडाैं । विश्वकप फुटवलमा स्वीडेनले मेक्सिकोमाथि ३–० को शानदार जीत हासिल गर्दै समुह विजेता हुँदै दाेस्राे चरणमा प्रवेश गरेकाे छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको शुरुवात सँगै लुडविन अगस्टिनसनले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए ।

त्यसपछि खेलको ६२ औँ मिनेटमा आन्द्रेयास ग्रानभिस्टले पेनाल्टीबाट गोल गर्दै स्वीडेनको अग्रता दोब्बर बनाए ।

दुई गोलले पछि परेको अवस्थामा खेलको ७४ औँ मिनेटमा एडसन अल्भारेजले आत्मघाती गोल गरेपछि मेक्सिकोको पीडा झन् थपियो ।

जीतसँगै स्वीडेन र मेक्सिकोको समान ६–६ अंक भए पनि गोल अन्तरको आधारमा स्वीडेन समुह विजेता बनेको छ ।

हारको बावजुद मेक्सिको समूहको उपविजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ ।

पछिल्लो पटक स्वीडेन र मेक्सिको सन् १९५८ को विश्वकपमा भिडेका थिए जसमा स्वीडेन ३–० ले नै विजयी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *