सानिमा लाईफ इन्स्योरेन्स र नेपाल मेडिसिटि बीच सम्झौता

“
काठमाडौँ, असार १३ । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सुलभ उपचारका लागि सानिमा लाईफ इन्स्योरेन्स र नेपाल मेडिसिटि अस्पतालबीच सम्झौता भएको छ ।
सम्झौता पश्चात जीवन वीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण मेडिसिटि अस्पताले गर्नेछ भने त्यसको सम्पूर्ण व्यवस्थापन वीमा कम्पनीले गर्नेछ ।
नेपाल मेडिसिटि अस्पताल, भैंसीपाटीमा गरिएको सो सम्झौतामा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी ले हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा कम्पनीका वरिष्ठ प्रबन्धक गुण राज श्रेष्ठ र प्रबन्धक उषा खतिवडाको समेत उपस्थिति रहेको थियो ।
सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसंगको परामर्शमा अस्पतालले १० प्रतिशत सम्मको सहुलियत प्रदान गर्नेछ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनिका ग्राहक र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्र्ने गरी सम्झौता भएको सानिमा लाइफ इन्स्योरेन्सले जनाएको छ ।
नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले, सानिमा लाईफ इन्सुरेन्सको माध्यमबाट क्यासलेस स्वास्थ्य परिक्षण गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् । आफ्ना ग्राहकहरm र कर्मचारीहरmको स्वास्थ्यको लागि विभिन्न योजनाहरm ल्याउनु साथै अस्पताल सँग निरन्तर काम गर्ने अपेक्षा रहेको कम्पनीका नायव महाप्रबन्धक केशव राज के.सीले बताए ।
“








