आज विभागीय १२ मन्त्रीले विनियोजन विधेयकमाथिका प्रश्नको जवाफ दिदै

काठमाडौं, असार १३ ।  प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । राजधानीको बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजेपछि बस्ने बैठकमा विनियोजन विद्येयक अन्तर्गत बिभिन्न मन्त्रालयगत रकम र शीर्षकबारे सांसदले उठाएको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

बैठकमा आज गृह, रक्षा, परराष्ट्र, शिक्षा, उद्योग वाणिज्य तथा आपूर्ती, लगायत १२ वटा मन्त्रालयको रकम र शीर्षक सम्वन्धमा सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची तय भएको संसद सचिवालयका सह प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।

यसअघि हिजो विभिन्न ७ जना मन्त्रीले विनियोजन विद्येयकमा उठेका प्रश्नको जवाफ दिएका थिए । विभिन्न मन्त्रालयगत शीर्षक र रकमबारे सांसदले उठाएको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएपछि बैठक भोली सक्ने तयारी भएको सहप्रवक्ता अर्यालले बताउनुभयो ।

भोली प्रधानमन्त्री कार्यलयसँगै अर्थमन्त्रालयको बजेट रकमबारे छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *