विश्वकप फुटबल: आजपनि चार खेल हुने (समयतालिका सहित)

काठमाडौं, असार १३ ।  विश्वकप फुटबलमा आज (बुधबार) राति पनि समुह चरणका अन्तिम खेलहरु हुदैछन् । रुसमा जारी विश्वकपमा आज समुह ई र एफका चार खेल हुनेछन् । नेपाली समय अनुसार पौने आठ बजे हुने खेलमा दक्षिण कोरिया र पुर्व विजेता जर्मनी तथा मेक्सिको र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ ।

समुह एफमा तीनवटै टोलीको नकआउट चरण पुग्ने सम्भावना जिवितै छ । मोक्सिकोलाई अन्तिम १६ मा पुग्न बराबरीनै पर्याप्त हुनेछ भने जर्मनी र स्विडेनलाई जितको विकल्प हुने छैन । साउथ कोरिया अंक विहिन हुदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

शीर्ष स्थानको मेक्सिकोको ६ अंक छ । दोस्रो स्थानको जर्मनीको ३ अंक छ । तेस्रो स्थानको स्विडेनको ३ अंक हुदाँ एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको साउथ कोरिया अंक विहिन छ ।

त्यस्तै, समुह ई अन्तर्गतका खेलमा सर्बिया र ब्राजिल तथा स्विजरल्याण्ड र कोष्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार पौने १२ बजे सुरु हुनेछ । ब्राजिल ४ अंक सहित समुहको शीर्ष स्थानमा छ । समान अंक भएपनि स्विटजरल्याण्ड दोस्रो स्थानमा छ । सर्बिया ३ अंक सहित तेस्रो स्थानमा रहदाँ, कोस्टारिका अंक विहिन हँुदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

ब्राजिल र सर्विया भिड्दै गर्दा दुवैको लक्ष्य तीन अंक बटुल्नु हुनेछ । खेलको विजेता टोलीले नकआउट चरणमा स्थान बनाउनेछ । अर्को खेलमा स्विटजरल्याण्डलाई अघिल्लो चरण प्रवेश गर्न बराबरीनै पर्याप्त हुन सक्छ । तर मेक्सिकोसंगको सम्भावित भिडन्त रोक्न पनि उसलाई तीन अंक महत्वपुर्ण हु्नेछ ।एजेन्सी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *