युरेकालाई अन्तर्राष्ट्रिय स्कुल अवार्ड

धरान । युरेका माध्यामिक विद्यालय धरानले अन्तराष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेको छ । ब्रिटिस काउन्सिलले सुरु गरेको अन्तराष्ट्रिय स्कुल अवार्ड परियोजनामा देशभरीका ६४ वटा निजी तथा सामुदायीक विद्यालयहरुमध्ये उत्कृष्ट १९ वटा विद्यालयहरु सहित युरेकाले उक्त अवार्ड प्राप्त गरेको हो ।

सोमबार काठमाण्डौको याक एन्ड यति होटलमा भएको कार्यक्रममा विद्यालयलाई उक्त अवार्ड प्रदान गरिएको हो । परियोजनामा नेपालका ६४ वटा बिद्यालयहरुले नौ महिना सम्म इन्टरनेटको माध्यमबाट अन्तराष्ट्रिय शैक्षीक पद्धती र शिक्षण क्रियाकलाप सञ्चालन गरेका थिए ।

युरेका माविका ९ सय जना विद्यार्थीहरु उक्त शिक्षण किृयाकलापमा सहभागी भएको विद्यालयका प्रिन्सिपल राजेन्द्र गुरुङले बताए । उनले भने ‘शिक्षा प्रणालीमा सुधारको आवश्यकता देखेर नै व्रिटिस काउन्सीलसंग सहकार्य गरेका हौं ।’ कार्यक्रममा बिद्यालयको तर्फबाट अध्यक्ष सुदिप यल्मो, प्रिन्सिपल गुरुङ र डेबीट शाही ठकुरी सहभागी थिए ।

स्कुललाई अन्तराष्ट्रिय स्तरसम्म चिनाउन पाएकोमा प्रिन्सिपल गुरुङले खुशी व्यक्त गरे ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *