मानव बेचबिखन बारे कलम चलाउने पत्रकारलाई छात्रवृत्ति घोषणा

काठमाडौँ, असार १२ । मानव बेचबिखनबारे कलम चलाउने पत्रकारलाई ‘द इम्पल्स एनजिओ नेटवर्क’ भारतले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

दक्षिण एसियाली मुलुकमा अवैध रुपमा हुने मानव बेचबिखनका बारेमा समाचार संकलन गर्ने उद्देश्यले नेपालका पत्रकारलाई इम्पल्सले छात्रवृत्ति दिने घोषणा गरेको हो । नेपालसँगै उक्त छात्रवृत्ति भारत, म्यानमार र बंगलादेशका पत्रकारलाई समेत प्रदान गरिनेछ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा इम्पल्सका हासिन खार्चीले एकवर्षे र चारहप्ते तालीम दिई मानव बेचबिखनका बारेमा समाचार संकलन गर्ने उद्देश्यले छात्रवृत्ति घोषणा गरिएको बताए ।

उनले छात्रवृत्ति पाएर गोष्ठीमा सहभागी हुने पत्रकारले दक्षिण एसियाली मुलुकमा भइरहेको मानव बेचबिखन र ओसारपसारसम्बन्धी विषयमा खोजमूलक समाचार सम्प्रेषण गर्न सक्ने बताए ।

उनले यस किसिमको छात्रवृत्तिले पत्रकारलाई समाचार लेखनमा सहयोग पुर्याउने बताए ।

मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक कपिल काफ्लेले छात्रवृत्तिले नेपालका पत्रकारलाई बढ्दो मानव बेचबिखनका सम्बन्धमा समाचार लेख्नका लागि सहयोगी भूमिका खेल्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *