पहिरोमा परी बागलुङमा एकै घरका तीनको मृत्यु

बागलुङ, असार १२ । सोमबार राती परेको बर्षापछि खसेको पहिरोले पुरिएर बरेङ गाउँपालिका १ मा ३ जनाको मृत्यु भएको छ ।

सोमबार राती साँढे ११ बजे खसेको पहिरोले धुल्लुबाँस्कोटको लुरुङमा ४० बर्षिय विष्णुबहादुर घर्तीको घर पुरेको थियो । पहिरोले क्षेत्री, उनकै श्रीमती ३५ बर्षिय बिष्णु घर्ती र ६ महिनाकी छोरी सोनिया खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको सूचना पाउनासाथ ईलाका प्रहरी कार्यालय बरेङका सहायक निरिक्षक मंगल नेपालीको नेतृत्वमा गएको उद्दार टोलीले मंगलवार बिहान मात्र शव निकालेको प्रहरी नायव उपरिक्षक विश्वराज सिंह थापाले बताउनुभयो। खत्रीका दुइ छोरी काम बिशेषले जिल्ला बाहिर गएकोले बचेका छन् ।

उनीहरुको घरमा पालेका पशुचौपाया पनि पुरिएर मरेका छन् । ईलाका प्रहरी कार्यालय बरेङका प्रहरी र स्थानीयले घटनास्थलको उद्धार गरिरहेका छन् । लुरुङमै अन्य २ घर र ३ गोठ पनि पुरिएका छन् । घटनास्थलमा पुगेर उद्दारको काम गर्न गाउँले र प्रहरीको टोली विभिन्न स्थानमा बाँडिएको वडा नं. २ का अध्यक्ष गुप्तप्रसाद कालाले बताउनुभयो  ।

नरेठाँटी खोलाले आउजाउ गर्न कठिन भएकोले पहिरो पन्छाएर यातायात चलाउने प्रयास  भैरहेको हो । खोलाले बहाव परिवर्तन गर्दा दर्जनबढी घरमा क्षति पुगेको छ । पशुचौपायाहरु बगाएको र केही मरेको गैह्रेले टेलिफोनमा बताउनुभयो । हरिचौरमा खोला बढेर आउँदा ईलाका प्रहरी कार्यालयको प्रतिक्षालय समेत बगाएको छ ।

ठाउँठाउँमा खसेका पहिरोले आवतजावतमा समस्या भएको वडा अध्यक्ष बिरजंग भण्डारीले बताए । पहिरो र बाढीले गलकोट ७ को दिपज्योती आधारभूत विद्यालयको मैदान बगाएको छ । बाढी र  पहिरोले हरिचौर स्थित कौलेनी टेउवा मोटरबाटो अवरुद्ध भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *