न्याय माग्न न्यायालय जाँदा राधिकालार्इ भयाे यस्ताे (अडियोसहित)

इटहरी, असार १२ । प्रहरी कार्यलयमा आफ्नो सुरक्षाको माग गर्दै पुगेकी राधिका दाहाललाई प्रहरी अधिकृतले पिडकसंग मिल्न दबाब दिएका छन् । न्याय दिने प्रहरी कार्यलयबाटै यस्तो दबाब पाएपछि मोरङ स्थित सुन्दर हरैचा नगरपालिका ५ बस्ने राधिका दाहाललाई झन् पिडा थपिएको छ ।

जासिम सर्भिस मेनपावरका संञ्चालक बिरेन्द्रकुमार गुरमेहताले दिएको ज्यान मार्ने धम्की सहितको निबेदन लिएर प्रहरी कार्यलय पुगेकी दाहालको पक्षमा उभिनुपर्ने प्रहरी कार्यलय उल्टै गुरमेहताको बचाव गर्दै इटहरीका डिएसपी शिव श्रेष्ठले मिल्न दबाब दिएको दाहालको गुनासो छ ।

आर्थिक लेनदेनको बिषयमा इटहरीस्थित जासिम सर्भिस मेनपावरका संञ्चालक बिरेन्द्रकुमार गुरमेहताले शनिबार दाहाललाई फोन मार्फत ज्यान मार्ने धम्की दिएका थिए ।

गुरमेहताले दाहाललाई प्रत्येक शब्दमा अश्लिल भाषा सहित ४ मिनेटको अडियो रेकर्डमा गुरमेहताले ‘मान्छे बोलाएर’ घरमै ज्यान मार्ने धम्की दाहाललाई दिएका थिए । गुरमेहताले दाहालको पैसा चलाएको र घरमा पैसा माग्न जाँदा सोही साँझ फोन गरेर ‘काटेर मार्ने’ धम्की दिएका थिए ।

धम्की दिने गुरमेहता बिरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा आइतबार दाहालले धाकधम्की दिने व्यक्ति पक्राउ गरि न्याय पाउ भनि निवेदन दिएका थिइन ।

तर प्रहरी कार्यालयमा छलफल गर्दा डिएसपी श्रेष्ठले मेनपावर व्यवसायी गुरमेतालाई माफी दिन दबाब दिएको दाहालले बताइन । ‘ज्यान मार्ने जस्तो घटनामा डिएसपी श्रेष्ठले मिल्नुको बिकल्प नभएको बताउनुभयो भन्दै दाहाल भन्छिन यो कस्तो न्याय हो ?

दाहालका अनुसार
पहिला ज्यान मार्ने धम्की सहितको अडियो रेकर्ड डिएसपीलाई सुनाएको दाहालको भनाई छ । डिएसपीको सल्लाहमा निवेदन दिनुभन्नु भयो, गुरमेहतालाई बोलाएर महिला सेलमा छलफल गरिदिनु भन्ने एक जना असईलाई निर्देशन दिनुभयो ।

राधिका दाहाल
पछि गुरमेहता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुलाई लिएर प्रहरी कार्यालयमा आएर सिधै डिएसपीलाई भेटेका थिए । ‘उनिहरुलाई भेटे पछि डिएसपी श्रेष्ठले एक्कासी मिल्नु पर्छ भन्नु भयो,’ दाहालले भनिन् ‘म अदालत जान्छु भन्दा डिएसपीले चुनौति दिदै अदालत गए ताली बजाउला भन्ने शब्द बोल्नुभयो’ । इटहरी प्रहरी कार्यालय भित्र मेनपावर व्यवसायी गुरमहेताले दाहाललाई फेरी पनि धम्काएका थिए ।

बिरेन्द्रकुमार गुरमेहता


एउटा महिलालाई अश्लिल गाली गर्दै घरमै ज्यान मार्छु भन्ने बिषयलाई डिएसपीले हलुका रुपले लिएको दाहालले बताइन । गुरमेहता सगै प्रहरी कार्यालय पुगेका नेकपा पार्टीका कार्यकर्ता राज चाम्लीङले डिएसपी अगाडी ‘ज्यानको सुरक्षा आफुले लिउला’ जस्तो नाजायज तर्क गरेको दाहालले बताइन । किटानी जाहेरी दिदा समेत गुरमेहतालाई प्रहरीले छाडेको छ ।

घटनाको बिषयमा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी श्रेष्ठले दाहाल र गुरमेहता बिच लेनदेनको बिषयमा बिवाद हुदा गुरमेहताले सामान्य धम्की दिएको बताए । ‘हामीले धम्कीको बिषयमा पनि छलफल गरायौ’ उनले भने ‘तर दुवैको बिषय लेनदेन तर्फ फोकस भयो’ । प्रहरीले आर्थिक लेनदेन नहेर्ने भएकाले अदालत जान आफुले आग्रह गरेको डिएसपी श्रेष्ठको दाबी छ । धाकधम्की दिएको बिषयमा अनुसन्धान गर्ने जिम्मेबारी भने प्रहरीको भएको उनले बताए । साभार: पुर्वेली न्युज

https://www.youtube.com/watch?time_continue=1&v=VUqAJnYHvlw”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *