आठ विद्यार्थीले कुकुरलाई बनाए शिक्षामन्त्री

काठमाडौं, असार ११ । सरकारले शिक्षा क्षेत्रलाई दिन प्रतिदिन कमजोर र धरासायी बनाउन लागि परेको भन्दै विभिन्न दलका भातृ संगठनले शिक्षा मन्त्रीको विरोध गरेका छन् ।

उनीहरुले हालको शिक्षा ब्यवस्था प्रति चरम असन्तुष्टि जनाउदै कुकुरलाई खादा र माननिय मन्त्री लेखेको कार्ड झुण्ड्याएर बिरोध प्रदर्शन गरका गरेका हुन् ।

उनीहरुले विश्वबिद्यालयमा राजनीतिक भागभन्डा मार्फत गरिने भागबण्डाको अन्त्य गरिनुपर्ने लगायत ९ बुदेँ माग राखी बिरोध गरेका हुन् ।

रिपोटर्स क्लबमा आन्दोलनका कार्यक्रम घोषणाको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा माग सार्बजनिक गर्दै उक्त माग पुरा नभएमा आन्दोलन चरण बढाउदै शैक्षिक हडताल सम्मको कार्यक्रम सार्बजनिक गरेका हुन् ।

शिक्षा मन्त्रालयले दलिय भागवण्डामा बनाएको अमुक अनुगमन समितिले शिक्षा क्षेत्रको अनुगमन गर्न नसक्ने भन्दै उक्त समिति खारेज गर्न माग गरिएको छ ।

नयाँ शक्ति पार्टी नेपाल, विप्लप माओवादी लगायत ८ विभिन्न दलका बिद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा निजि शैक्षिक संस्थाहरुले लिएको चर्को शुल्क खारेजी गर्नुपर्ने, देशको कूल बजेटको २० प्रतिशत बजेट शिक्षामा छुट्याईनु पर्ने लगायतका माग उठाएका छन् ।

हेर्नुहोस विज्ञप्तिः

 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *