अर्जेन्टिनाका मेस्सीलाई सम्झँदै गाए रामकृष्णले भावुक गीत (भिडियाे सहित)

“
काठमाडौं, असार १० । विश्वकै सबैभन्दा लोकप्रिय खेल कुन हो ? भनेर हामीले सोधिरहनु पर्दैन । सहजै जवाफ आउँछ, फुटवल भनेर ।
अहिले यहि रसियामा फुटवलको महाकुम्भ विश्वकप फुटवल प्रतियोगता भईरहेको छ । प्रतियोगितामा ३२ देशले सहभागीता जनाइरहेका छन् ।
यस्तोमा दुई पटकको विश्वविजेता २०१४ को उपविजेता अर्जेन्टिना भने नक आउट चरणमा पुग्न संघर्षरत छ ।
यसपटकको विश्वकपको विजेताको रुपमा लिईएको अर्जेन्टिनाले अपेक्षाकृत फुटवल खेल्न नसकेपछि विश्वभरका अर्जेन्टिनी समर्थकहरु निराश भएका छन् ।
नेपालमा पनि अर्जेन्टिनाका धेरै प्रशंसक रहेका छन् । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी जसलाई फुटवलको राजा नै भनिन्छ । यसपटकको विश्वकपमा उनको प्रर्दशन कमजोर भएपछि मेस्सीका नेपाली प्रशंसक पनि स्तब्ध भएका छन् ।
यस्तैमा एक नेपाली प्रशंसकले मेस्सीलाई सम्झँदै गीत गाएका छन् ।
गायक प्रकास सपुतले गाएको बोल मायाको भाकामा गाइएको गितमा मेस्सीलाई नै डेडिकेट गरिएको छ ।
गोल… मेस्सी हान न गोल…. भन्ने भाकामा उनले गाएको गीतले यतिबेला सामाजिक सञ्जाल भाईरल भएको छ ।
रामकृष्ण शर्माले गाएको यो गीतलाई रुचाएका छन् ।
कतै रामकृष्ण शर्माले गाएको गीतबाट प्रेरित भएर मेस्सीले अर्जेन्टिनाको उद्दारै पो गर्लान् की ! भिडियाे सामाजिक सञ्जालबाट लिइएकाे हाे ।
भिडियो हेर्नुहोस
“








