गायक राजेन्द्र बिष्टको थारु भाषाको गित “माकसम तुहिन मै मन परैठु” बजारमा (भिडियो)

कैलाली, असार ९ । गायक राजेन्द्र बिष्टको थारु भाषाको गित “माकसम तुहिन मै मन परैठु” सांगितक बजारमा उकालो लाग्दै छ । गायक स्वयंम कै शब्द तथा संगितमा निर्माण भएको सो गितको म्युजिक भिडियो सार्वजनिक भएसंगै गित चर्चामा आउन थालेको हो ।

लामो समय देखी निरन्तर संगित क्षेत्रमा रहेका गायक बिष्टका दर्जनौँ  गितहरु बजारमा भएता पनि थारु भाषाको गित भने यो नै पहिलो हो । थारु समुदायका दर्शक तथा श्रोताहरुलाई मध्यनजर गर्दै सो गित ल्याएको उनको भनाई छ ।

यो गितले तपाईको सांगितीक यात्रा अझै सहज हुन्छ हैन त ? भन्ने हाम्रो प्रश्नमा उनले भने, “चौधरी समुदायको धेरै कार्यक्रमहरुमा गईयो तर चौधरी भाषाको गित आफुसंग नहुँदा सारै नरमाईलो लाग्थ्यो त्यसैले पनि यो गित गरें र यो गितले सफलता मिल्ला नमिल्ला भन्नु भन्दा पनि मैले बिल्कुलै फरक काम गरेको छु ।

तँँ पहाडी, तँ थारु भनेर जातियताको आधारमा समाज फुटीरहेको अवस्थामा म पहाडी समुदायको व्यक्ती भएर पनि योे थारु गित गाएर दुबै समुदायलाई जोड्ने काम गरेको फिल गरेको छु ।”

पहाडीले थारु भाषाको गीत गाउन सक्छ, थारुले दोहरी तथा देउडा गितहरु गाउन सक्छ र गाउछ भने यसले एक अर्काको संस्कृतीलाई आत्मसाथ गर्ने उनको भनाई रहेको छ ।

उनको भनाईले समाजको सकारात्मक रुपान्तरणको लागी कलाकारहरुको पनि महत्वपुर्ण योगदान हुने कुरा प्रस्ट झल्किएको छ । साथै उनले गित निर्माणमा बिबस चौधरीले गरेको सहयोगलाई बिर्सिएनन् ।

बिवस यो गितका निर्देशक हुन भने उनलाई म्युजिक भिडियोमा समेत देख्न सकिन्छ उनको साथमा बिशाल र सुुनिताको अभिनय पनि देख्न पाईन्छ । बिवस चौधरीको निर्देशन रहेको सो गितलाई रामु चौधरीले छायांकन तथा सम्पादन गरेका छन भने केशब बडुको एरेन्ज रहेको छ ।

https://youtu.be/Ei5B8L33qmc”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + ten =