दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री किम जोङ पिलको निधन 

काठमाडाैं, असार १० । दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री तथा चर्चित गुप्तचर संस्थाका संस्थापक किम जोङ पिलको निधन भएको छ ।

राजधानी सोलमा ९२ बर्षको उमेरमा उहाँको निधन भएको उहाँका सहयोगीहरुले जनाएका छन् ।दक्षिण कोरियाको अनुदारवादी राजनीतिका शिर्ष चर्चित नेताका रुपमा पिललाई लिने गरिन्छ ।

पूर्वराष्ट्रपति द्धय किम योङ साम र किम डाय जुङसँगै सन् १९८० र १९९० को देशकमा उहाँले मुलुकका लागि ठूलो योगदान गर्नु भएको थियो ।

त्यस समयलाई “तीन किम” को समयका रुपमा पनि लिइन्थ्यो ।सैन्य तानाशाह चु डु ह्वानले शक्तिमा आएपछि सन् १९८० देखि १९८७ सम्म ती तीनै जनालाई राजनीतिबाट प्रतिवन्ध लगाएका थिए ।शनिबार देहत्याग गर्नु भएका किमले सन् १९६१ बाट राजनीतिक जीवन सुरु गर्नु भएको थियो, अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले खबर लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =