विश्वकप फुटबल: मेक्सिकोकाे लगातार दोस्रो जित दर्ता

काठमाडाैं, असार १० ।  विश्वकप फुटबलमा मेक्सिकोले लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार राति दक्षिण कोरियालाई २ – १ गोलले हराउदै मेक्सिकोले लगातार दोस्रो जित निकालेको हो ।

रोस्तोभ एरिनामा मेक्सिकोलाई जित दिलाउन कार्लोस भेला र जाभियर हर्नान्डेजले समान एक एक गोल गरे । दक्षिण कोरियाका ह्यून मिङ सनले एक गोल फर्काए ।

दक्षिण कोरियाविरुद्ध एक तर्फी खेल खेलेको मेक्सिकोले पहिलो हाफको २६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो  दक्षिण कोरियाका खेलाडीले ह्याण्ड बल गरेपछि पाएको पेनाल्टीमा कार्लोस भेलाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ – ० ले अघि रहेको मेक्सिकोले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खाएको थियो । खेलको ६६ औं मिनेटमा
जाभियर हर्नान्डेजले गोल गर्दै मेक्सिकोलाई २ – ० को अग्रता दिलाए  ।  हर्नान्डेजको यो राष्ट्रिय टोलीका लागि ५० औं गोल हो ।त्यसपछि खेलको इन्जुरी समयमा कोरियाका सनले गोल गर्दै खेल २ – १ मा ल्याएपनि टोलीको हार टार्न सकेनन् ।

यो जितसँगै समूह एफको मेक्सिकोले २ खेलबाट ६ अंक जोडेको छ । र, नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । लगातार दुई हार बेहोरेको दक्षिण कोरियाको दोस्रो चरण पुग्ने सम्भावना लगभग सकिएको छ।  दक्षिण कोरिया पहिलो खेलमा स्विडेनसँग १ – ० ले पराजित भएको थियो  ।  मेक्सिकोले साबिकको बिजेता जर्मनीलाई १ – ० ले हराएको थियो ।

अब समूह चरणको अन्तिम खेलमा मेक्सिकोले स्विडेन र दक्षिण कोरियाले जर्मनीसँग खेल्ने

विश्वकप फुटबलमा मेक्सिकोले लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार राति दक्षिण कोरियालाई २ – १ गोलले हराउदै मेक्सिकोले लगातार दोस्रो जित निकालेको हो ।

रोस्तोभ एरिनामा मेक्सिकोलाई जित दिलाउन कार्लोस भेला र जाभियर हर्नान्डेजले समान एक एक गोल गरे । दक्षिण कोरियाका ह्यून मिङ सनले एक गोल फर्काए ।

दक्षिण कोरियाविरुद्ध एक तर्फी खेल खेलेको मेक्सिकोले पहिलो हाफको २६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो  दक्षिण कोरियाका खेलाडीले ह्याण्ड बल गरेपछि पाएको पेनाल्टीमा कार्लोस भेलाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ – ० ले अघि रहेको मेक्सिकोले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खाएको थियो । खेलको ६६ औं मिनेटमा
जाभियर हर्नान्डेजले गोल गर्दै मेक्सिकोलाई २ – ० को अग्रता दिलाए  ।  हर्नान्डेजको यो राष्ट्रिय टोलीका लागि ५० औं गोल हो ।त्यसपछि खेलको इन्जुरी समयमा कोरियाका सनले गोल गर्दै खेल २ – १ मा ल्याएपनि टोलीको हार टार्न सकेनन् ।

यो जितसँगै समूह एफको मेक्सिकोले २ खेलबाट ६ अंक जोडेको छ । र, नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । लगातार दुई हार बेहोरेको दक्षिण कोरियाको दोस्रो चरण पुग्ने सम्भावना लगभग सकिएको छ।  दक्षिण कोरिया पहिलो खेलमा स्विडेनसँग १ – ० ले पराजित भएको थियो  ।  मेक्सिकोले साबिकको बिजेता जर्मनीलाई १ – ० ले हराएको थियो ।

अब समूह चरणको अन्तिम खेलमा मेक्सिकोले स्विडेन र दक्षिण कोरियाले जर्मनीसँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + four =