प्रदेश नम्बर १ को विकासका काम घस्रेर होईन, दौडेर गरिन्छ- आङ्बो

धरान । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले आगामी दिनमा विकासका योजना घस्रने गर्ने खालका नभई दौडने खालको हुने बताएका छन् ।

सुनसरीको धरानमा जोरसंखुवा झोलुङगे पुलको शनिवार उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री आङवोले सरकारको अवको उदेश्य जनताको दैनिक जिवनमा विकसित भुमिका खेल्ने रहेको भन्दैै विकासे योजनामा सरकार दौडेर काम गर्ने दाबि गरे ।

एक अर्काै प्रसंगमा मन्त्री आङ्बोले नेपालको गरिबी र पछयौटेपनका बिरुद्ध लडिरहने अबको समय आएकोले सबै मिलेर वर्तमान कम्युनिष्ट सरकारलाई साथ दिन आग्रह समेत गरे ।

त्यस्तै मन्त्री आङ्बोले कृषीलाई व्यवसायिकरण गर्न १ नं प्रदेश सरकारले बजेट ल्याएको दाबि गरे । अँधुरो रहेको विकास सडक र पुल पुलेसाका निर्माणलाई तीब्रता दिने वर्तमान सरकारको योजना रहेको समेत बताए ।

धरान बिष्णुपादुका जोडने उदेश्यले निर्माण गरिएको झोलुङगे पुलको २ वर्ष लागाएर ५१ लाख २२ हजार ७ सय ३९ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको जोरसंखुवा झोलुङगे पुल निर्माण उपभोक्ता समितीका अध्यक्ष सम्फर तामाङले जानकारी दिए । जसमा जिल्ला समन्वय समिति तथा स्थानीय उपभोक्ता समितीको लगानी रहेको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 15 =