विश्वकप फुटबल : आक्रमक मेक्सीकोलाई रोक्ला कोरियाले ?

“काठमाडौँ । पछिल्ला छ वटा विश्वकपमा मेक्सीको अन्तिम १६ भन्दा अगाडी जान सकेको छैन । तर यस पटकको सुरुवात उसले जसरी गरेको छ त्यसले धेरैको टाउको दुखाई बनेको छ । साविक विजेता जर्मनी पहिलो खेलमै स्तव्ध भयो ।
मेक्सीकोले १–० गोलले पराजित गरेर महत्वपूर्ण ३ अंक त खास्यो नै अघिल्लो चरणका लागि समेत सजिलो प्रतिस्पर्धीको बाटो बनाएको छ । दोश्रो खेलमा मेक्सीकोले कोरियाको सामना गर्दैछ । तुलनात्मक रुपमा उ कमजोर टिम हो ।
तर यस पटक कमजोर मानिएका टोलिको दम्दार प्रस्तुती छ । यदि आज पौने ९ बजे हुने खेल जितेमा मेक्सीको अघिल्लो चरणमा पुग्ने छ । तर कोरियाको भने विश्वकपमा अघिल्लो चरणको सपना टुट्ने छ । पहिलो खेलमा कोरिया स्वीडेनसँग पराजित भएको छ ।
अन्तिम खेलमा जर्मनीसँग खेल्दैछ कोरिया । मेक्सीको स्वीडेनसँग । यो खेल हारेमो कोरिया अंकबिहिन भएर घर फर्किने संभावना बढ्ने छ । यो समूहमा जर्मनी र मेक्सीको तुलनात्मक रुपमा राम्रा टोलि हुन् । तर मेक्सीको र स्वीडेनसँग ३÷३ अंक छ । जर्मनी र कोरिया अंकबिहिन छन् ।
मेक्सिको
मेक्सिकोले विश्वकपमा अन्तिम १६ भन्दा अघिको यात्रा तय गर्न नसकेको धेरै भयो । उ पछिल्ला ६ विश्वकपमा अन्तिम १६ बाटै बाहिरिएको छ । मेक्सिको घरेलु मैदानमा सन् १९७० र १९८६ मा भएको विश्वकपमा मात्रै अन्तिम ८ सम्म पुग्न सकेको थियो ।
मेक्सिकोले १६ औँ पटक विश्वकप खेल्दैछ । उ भन्दा धेरै पटक विश्वकप खेल्ने टिम ब्राजिल, जर्मनी, इटाली र अर्जेन्टिना मात्रै हुन् । १४ पटक भन्दा बढी विश्वकपमा छानिएका टिम मध्ये मेक्सिको मात्रै एउटा त्यस्तो टिम हो, जसले विश्वकप जितेको छैन ।
मेक्सिकाले सन् १९९४ यता विश्वकपमा आफ्नो पहिलो खेलमा हार बेहोरेको छैन । उ सन् १९९४ मा नर्वेसँग १–० ले पराजित भएको थियो । त्यसयता भएका विश्वकपको आफ्नो पहिलो खेलमा मेक्सिको पराजित छैन ।
मेक्सिकोले विश्वकपमा समूह चरणका पछिल्ला १७ खेलमा दुई खेलमा मात्रै हार बेहोरेको छ । ८ खेल जितेको छ भने सात खेलमा बराबरी भएको छ ।
दक्षिण कोरिया
दक्षिण कोरिाया फिफा वरियतामा ५७ औं स्थानमा छ । कोरियाभन्दा पछाडी यो विश्वकपमा रुस र साउदी मात्रै छन् । पछाडी भएपनि रुसले बलियो प्रश्तुती देखाएको छ । साउदी भने बाहिरिसकेको छ ।
आजको खेलले दक्षिण कोरिाय पनि साउदीको बाटो समात्ने हो कि रुसको टुंगो लाग्ने छ । कोरियाले १० औं पटक विश्वकप खेल्दैछ । सन् १९५४ मा पहिलो पटक विश्वकप खेलेको कोरियाको सफलता भनेको सेमिफाइनल पुग्नु हो ।
दक्षिण कोरिया लगातार नवौं पटक विश्वकप खेल्दै छ । सन् २००२ मा घरेलु मैदानमा आयोजित विश्वकपमा सेमिफाइनलसम्म पुगेर सनसनी मच्चाएको दक्षिण कोरियाले त्यसयता विश्वकपमा प्रभावशाली देखिन सकेको छैन । यस पटक पनि उसको सुरुवात खराव छ । त्यसलाई आज पनि सुधार्न नसके समूहकै कमजोर टोलीमा दर्ज भएर घर फर्किने छ ।”








