चोरीका गहना र नगदसहित तीन पक्राउ

काठमाडौँ,असार ९ । महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीका गहना र नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँका राजन खनाल र उपेन्द्र खरेल तथा धादिङका सौरभ तामाङ रहेका छन् । यही जेठ २ गते भीमबहादुर पुनको डेराबाट हराएको रु चार लाख ९३ हजार ७०० बराबरको गहना र नगदसहित प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको परिसरले जनाएको छ ।

पुनको डेराबाट हराएको झण्डै सात तोला सुन र नगद खनाल र खरेलले तामाङको पसलमा बिक्रीवितरण गरेपछि प्रहरीले चोरीमा संलग्न दुई जना र पसल सञ्चालक गरी तीनै जनालाई नियन्त्रणमा लिएको हो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + ten =