यस्ताे छ प्रधानमन्त्री अाेलीकाे अाजकाे तिब्बत कार्यतालिका

काठमाडाैं, असार ९ ।  ६ दिने औपचारिक भ्रमणका क्रममा चीनमा गएका प्रधानमन्त्री केपी शर्मा ओली अाज तिब्बत छन् । चिनमा रहदा राष्टपति र समकक्षी लगायतसंग भेटवार्ताका साथै बिभिन्न सम्झाैता र हस्ताक्षर पछि  अाज दिलभरी प्रधानमन्त्री अाेली तिब्बत रहने कार्यक्रम रहेकाे छ ।

प्रधानमन्त्री अाेली तिब्बत रहदासम्मकाे कार्यतालिका पनि सार्वजनिक भैसकेकाे छ ।

बिहान : बिहान प्रधानमन्त्री ओलीले तिब्बतका दुई धार्मिक स्थलको अवलोकन गर्नेछन् । सुरुमा प्रसिद्ध मन्दिर पोतला दरबार घुम्ने र त्यसपछि तिब्बतियनको पवित्र मन्दिर जोखाङ जानेछन् ।

दिउँसो : ल्हासाबाट आधा घन्टाको दूरीमा रहेको छुसुई एग्रिकल्चर परियोजनाको अवलोकन गर्न जाने कार्यक्रम छ । यो चीनकै एक नमुना कृषि परियोजना हो ।

अति उच्च क्षेत्रमा पनि कृषि उपज कसरी उत्पादन गर्न सकिन्छ भन्नेबारे अध्ययन भइरहेको छ । तिब्बतियन जनताको गरिबी कम गर्न कृषि उत्पादन बढाउन चीन सरकारले तिब्बतमा सञ्चालन गरेको यो महत्वाकांक्षी परियोजना हो ।

साँझ : छुसुई एग्रिकल्चर परियोजना अवलोकनपछि साँझ प्रधानमन्त्री ओली नेपाल वाणिज्य दूतावासले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् ।

भ्रमण तालिकाअनुसार आइतबार प्रधानमन्त्री ओली स्वदेश फर्किने कार्यक्रम छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *