दोश्रो खेलको नतिजाले अर्जेन्टिना धरापमा, अब राम्रो खेलेर मात्रै पुग्दैन

काठमाडौँ, असार ८ । विश्वकप फुटबलमा दोश्रो चरणका खेल भैरहेका छन् । अहिलेसम्म समूह ए बाट नकआउट चरणमा जाने उरुग्वे र रुसको टुंगो लागेपनि समूह विजेताको टुंगो लाग्न बाँकी छ । समूह बीमा स्पेन, पोर्चुगल र आइरल्याण्ड मध्ये दुई टोलीले अघिल्लो चरणमा स्थान बनाउने छन् । मोरक्को समूहचरणबाटै बाहिरिएको छ ।

समूह सी मा फ्रान्सले स्थान बनाइसकेको छ । यहाँ दोश्रो डेनमार्क र अष्ट्रेलिया मध्ये एक टोली अघिल्लो चरणमा जाने छन् । यो समूहबाट पेरु बाहिरिएको छ । समूह डी मा क्रोयसियाले अघिल्लो चरणमा स्थान बनाउँदा साविक उपबिजेता अर्जेन्टिना धरापमा परेको छ ।

पहिलो खेलमै नवप्रवेसी आइसल्याण्डसँग १–१ को बराबरी खेलेको अर्जेन्टिना दोश्रो खेलको नतिजाले धरापमा परेको हो । तुलनात्मक रुपमा कमजोर मानिएको क्रोयसियासँग ३–० को फाराकिलो गोलअन्तरले पराजित भएपछि अब उसको अघिल्लो चरणको गणितीय संभावना मात्रै बाँकी छ । अब नकआउट चरणमा जान उसले मात्रै राम्रो खेलेर पुग्दैन समूहका अरु टोलिको नतिजाले समेत प्रभाव पार्ने छ । खासगरी पहिलो पटक विश्वकप खेलेको आइसल्याण्ड अर्जेन्टिनाको प्रमुख तगारो बन्ने देखिन्छ ।

शुक्रबार हुने खेलमा आइसल्याण्डले नाइजेरियाविरुद्ध जीत दर्ता गरेपनि अर्जेन्टिनाको संभावना त सकिँदैन तर अगाडी यात्रा थप कठिन हुनेछ । न त अंकबिहिन रहेको नाइजेरियाले जिते नै अर्जेन्टिाना ढुक्क हुने अवस्था छ । तुलनात्मक रुपमा नाइजेरियाले जितेमा अर्जेन्टिनालाई अघिल्लो चरण प्रवेश सहज हुन्छ ।

यो अवस्थामा नाइजेरियाकालाई हराउन सकेमा अर्जेन्टिना अघिल्लो चरण पुग्ने संभावना बलियो हुन्छ । तर क्रोयसियासँगको ३ गोल यो अवस्थामा पनि अर्जेन्टिनाका लागि ठूलो भारी बन्छ । यदि अन्तिम खेलमा आइसल्याण्डले क्रोयसियालाई हराएमा पनि गोलअन्तरका आधारमा आइसल्याण्ड अघिल्लो चरण जानेछ भने साविक उपविजेताले समूहचरणबाटै घर फर्किनुपर्ने हुन्छ ।

६ अंक सहित समूह बिजेताका रुपमा क्रोयसियाले नकआउटचरण निश्चित गरिसकेको छ । बाँकी तीन टोली मध्ये जो सुकै अघिल्लो चरणको संभावना कायम छ । शुक्रबारको खेल जित्ने टोलीको अघिल्लो चरणको संभावना बलियो हुनेछ । आइसल्याण्डले यो खेल जितेमा क्रोयसियासँग बराबरी खेले पनि अघिल्लो चरण पुग्नेछ ।

तर यो खेल बराबरीमा टुंगिए वा नाइजेरियाले जिते अर्जेन्टिनालाई अघिल्लो चरणका लागि सहज हुनेछ । नाइजेरियाले जितेमा गोल अन्तरको राहत समेत अर्जेन्टिनालाई मिल्ने छ ।

यो विश्वकपमा ठूला भनिएका टोलीले खराव प्रदर्शन गरिरहँदा अर्जेन्टिना भने बाहिरिने अवस्थामा पुगेको छ । उसको अब गणितिय संभावना छ । त्यसमा पनि आफूले मात्रै जितेर नहुने र अरुको नतिजामा भर पर्नु पर्ने अवस्थामा पुगेको छ साविक उप विजेता ।

विश्वकै नम्बर वान स्टार स्ट्राइकर लियोनल मेसीले गोल गर्न सकेका छैनन् भने टिमको सन्तुलन समेत खराब देखिएको छ । गोल रक्षकको  कमजोरीका कारण बिहिबार क्रोयसियासँग दुई गोल खाएको थियो । थप एक गोल लुकामड्रिजले उत्कृष्ट प्रहारमार्फत गरेका थिए । अर्जेन्टिनाका लागि पहिलो खेलमा १ गोल गरेका सर्जियो अग्युरोले दोश्रो खेलमा गोल गर्न सकेनन् ।

नत उसका अन्य स्टार डिबाला, हिग्वीनले नै तहल्का पिट्न सके । दोश्रो खेलको नतिजापछि निरिह अवस्थामा आइपुगेको छ साविक उपविजेता ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =