तिमी महान छौ, हिरो छौ ‘मेस्सी’

कविता : ‘मेस्सी’

तिमीलाई हेर्दा, अनि तिमीले गोल हान्दा

मेरो मनमा खुसीको सीमा रहन्न ।

बलसँगै दौडिएर

जब तिमी विपक्षीको गोल पोस्ट नजिक पुग्छौ ।

तिमीले सुन्ने गरी

‘मेस्सी’ भन्दै कराउँछु ।

बलसँगको त्यो तिम्रो कला

एकनास हेरिरहन मन लाग्छ ।

अद्भुत लाग्छ ।

प्रिय लाग्छ ।

तिम्रो त्यो कला हेरेर कहिल्यै अघाउदीन

मेरो दुई आँखा कहिल्यै थाक्दैन ।

तिम्रो खेल हेरेर ।

फिल्डमा दौडिरहदा,

मेरो आँखा तिम्रो खुट्टाको

पछि पछि दौडिरहेको हुन्छ ।

जब तिमी हरियो मैदानमा

बल दौडाई रहेको हुन्छौ ।

तब म मेरो मनमा चित्र कोर्न थाल्छु।

तिमीले दौडेको बल र तिम्रो खुट्टाको

अनि सजाईरहन्छु ।

मनको क्यानभासमा ।

कहिल्यै फुटबल नखेल्ने मान्छे म

तर तिम्रो खेल हेर्दाहेर्दै

मलाई पनि एउटा फुपटबलर बनायौ

मनले खेल्ने फुटबलर ।

तिमीसँगै थुप्रै उपाधिहरु जितेको छु ।

धरै सिल्डहरु जम्मा गरेको छु ।

तिमीसँगै खुसी मनाएको छु ।

तिमीसँगै पीडा पनि साटेको छु।

तिम्रा हारका पिडाहरू

सबै मैले महसुस गरेको छु ।

छट्पटाएको छु ।

रोएको छु ।

कहिलेकाहि हारे पनि

तिमीले संसारका

फुटबल प्रेमीहरूको

मन जितेका छौ ।

आज देखी।।

तिम्रो विश्वकपको यात्रा सुरु भएको

मलाई विश्वास छ ।

तिमीले नै

जित्ने छौ यो विश्वकपको ‘उपाधि’ !

तिमी हार्ने छैनौ

तिमीले सधैँ जितेको हेर्न चाहन्छु ।

तिमीलाई जितको अनेकौ शुभकामना छ ।

मेरो हिरो

मेरो महान् खेलाडी ‘मेस्सी’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =