धरहरा पुनर्निर्माणको निर्माण कम्पनी आज छनोट हुने

काठमाडौं, असार ७ । ०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट ध्वस्त धरहरा पुनर्निर्माणको निर्माण कम्पनी आज छनोट हुने भएको छ ।

बहुप्रतिक्षित धरहरा पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत वैशाख ३० गते बोलपत्र (टेन्डर) आह्वान गरेको थियो । दिउँसो दुई बजेपछि टेन्डर खोलिने प्राधिकरणले जनाएको छ ।

धरहरा पुनर्निर्माणका लागि कति कम्पनी टेन्डर प्रक्रियामा सहभागी भए भन्नेबारे प्राधिकरणले केही खुलाएको छैन । १ सय ४५ फिट अग्लो धरहरा २२ तलाको हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा ‘म बनाउँछु मेरो धरहरा’ अभियानको घोषणा गर्नुभएको थियो । गत वैशाख १२ मा पनि प्रधानमन्त्रीले धरहराको भग्नावशेष अगाडि उभिएर यसको पुनर्निर्माण अघि बढाउने वचन दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *