अस्पतालको पोस्टमार्टम गर्ने स्थानमा नै कुहिन्छन् शव, व्यवस्थापन कस्ले गर्ने ?(फोटो फिचर)

धरान,असार ६ । एशियाकै प्रतिष्ठित तथा पूर्वको सुन्दर नगरी धरानमा अवस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा जम्मा ८ वटा शव राख्ने कोल्ड चेम्बर मात्र भएपछि अन्य बेवारिसे शव राख्न समस्या हुने गरेको छ

बेवारिसे अन्यत्रबाटै ल्याईएको शव मेसीन अभावका कारण पोस्टमार्टम गर्ने स्थानमा नै राखिने हुँदा कुहिन र दुर्गन्ध समेत फैलीन थालेपछि अस्पताल दुर्गन्धित बन्ने खतरामा समेत पुगेको छ ।

प्रतिष्ठानको शव गृहको मर्चरीमा कोल्ड चेम्बर मेसीन केही समय अघि बिग्रिदा शव गृह नै दुर्गन्धित बनेको थियो ।

प्रतिष्ठानको मर्चरीमा ८ वटा सम्म मात्र शव राख्न सकिने क्षमताको कोल्ड चेम्बर मेसीन रहेको र दुईवटा मेसिन मध्ये एउटा मेसिन केही समय अगाडी बिग्रीएकोले सो समयमा दुर्गन्ध फैलीएको अवस्था रहेको प्रतिष्ठानकै मर्चरीमा कार्यरत मर्चरी हेल्पर राम प्रसाद उरावको भनाई छ ।

उनले बिग्रिएको मेसिन समयमा नै बनेन भने त्यही राखिएको शवहरु समेत कुहिने र मर्चरी मेसिन बाहिर स्थान अभावमा बेलाबेलामा राखिने शवहरुमा किरा समेत पर्ने गरेको स्वीकार गरेका छन् ।

यसले गर्दा अस्पताल आसपासको क्षेत्र समेत बसी नसक्नु भएको छ । कर्मचारीलाई काम गर्न निक्कै सास्ती समेत भएको उनको भनाई छ ।

पूर्वको सुविधा सम्पन्न ठुलो अस्पताल भनिए पनि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहको कोल्ड चेम्बर मेसिन अभावका कारण प्रतिष्ठानमा उपचारका लागि पुगेका विरामीहरुको मृत्यू हुँदा समेत शव राख्ने ठाउँ पर्याप्त नहुने गरेको छ ।

यस क्षेत्रका विभिन्न ठाउँमा घटना भई मृत्यू भएका शवहरु समेत प्रतिष्ठानको शव गृहमा पोष्टमार्टमको लागि प्रहरीले पठाउने गरेका छन् तर मेसिन बिग्रिदा यसरी पठाएका शवहरु शव गृह भित्रै कुहिने गरेका छन् ।

मेसिन बिग्रिएको तथा स्थान र शव राख्ने मेसिन अभाव बर्षौदेखी हुँदा पनि सो बिषयमा सम्बन्धित निकायले कुनै पहल नगरेको दैनिक रुपमा शव बाहन बाट मर्चरी बाटै शव सम्बन्धीत स्थानमा पु¥याउने काम गर्दै आएका धरान १७ का सुमन भटटराईको भनाई छ ।

प्रतिष्ठानको शव गृहमा बेवारिसे शव लथालिङग अवस्थामा भुईमै राखिएको पनि बेलाबेलामा देख्ने गरिएको छ जसले गर्दा शवगृह आसपास हिँडडुल गर्न समेत निकै कठिनाई भएको स्थानीयहरुको गुनासोलाई सम्बन्धीत निकायले यसतर्फ समयमै ध्यान दिन जरुरी देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 10 =