स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं,असार ६ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाखमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र संकाय तर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७४ मौका समेत) को मैथिली र जेन्डर स्टडी विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ । साथै नेपाल टेलिकमको १६०२ मा डायर गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । साथै एमए लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी २४९४९ मा एसएमएस गरेर थाहा पाउने सकिनेछ ।रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *