काँग्रेसी युवा नेताहरु भन्छन् : वर्तमान कार्यशैली र अलमलबाट सशक्त प्रतिपक्षको भूमिका निर्वाह हुन सक्दैन्

काठमाडौँ,असार ६।  नेपाली काँग्रेसका युवा नेताहरुले काँग्रेसी नेताहरुको वर्तमान कार्यशैली, नेतृत्व, र वैचारिक अलमलबाट सशक्त प्रपिक्षको भूमिका निर्वाह हुन नसक्ने बताएका छन् ।

मंगलबारदेखि मलवानपुरको हेटौँडामा शुरु भएको काँग्रेसका जिल्ला सभापतिको भेलामा सात युवा नेताहरुले आफ्नो संयुक्त लिखित धारणासहित यस्तो बताएका हुन् ।

काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, जीवन परियार, गुरूराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले अब काँग्रेसको नयाँ मिसन तय गर्दै नयाँ युगका लागि नयाँ एजेण्डा बोकेर हिँड्न सक्ने गरी संगठनको खाका कोर्न जरुरी भएको बताएका छन् ।

सबल प्रतिपक्षका लागि पार्टीमा त्यस्ता एजेण्डा बोक्न सक्ने सशक्त नेतृत्वको खाँचो रहेको पनि औँल्याएका छन् ।

अब काँंग्रेसलाई सबल दिशामा डोर्याउने नेतृत्व चाहिएको बताउने उनीहरुको लिखित प्रस्तावमा “यसका लागि काँग्रेस स्वयं रुपान्तरित हुनुपर्ने र यी सबको जग हाल्ने कामका लागि महासमिति बैठक सबैभन्दा उपयुक्त स्थान हो” उल्लेख छ ।

काँग्रेस युवा नेताहरुले पार्टीको समीक्षाका लागि प्रजातन्त्र पुनःस्थापनापछि देखी लिएर अहिलेसम्म काँग्रेस कहाँ चुक्यो त्यसको लेखाजोखा गरिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

लिखित प्रस्तावमा राष्ट्रिय राजनीतिमा कम्युनिष्ट सरकारले देखाएको संविधान र लोकतन्त्र विरोधी रवैयाको सशक्त मुकाविला र खबरदारीका लागि तथा लोकतन्त्र र संघीयताको सफल कार्यान्वयनका लागि काँग्रेस रक्षाकवच बन्नुपर्ने उल्लेख गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =